Kathmandu Press

तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप

कैलाली, जेठ ८ : कैलालीको कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ। 

नौ महिनादेखि पाँच वर्षमुनि....

तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप

कैलाली, जेठ ८ : कैलालीको कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ। 

नौ महिनादेखि पाँच वर्षमुनिका तीन हजार ८०४ बालबालिकामा दादुरा– रुबेलाको खोप लगाउने लक्ष्य लिएकोमा तीन हजार २९६ बालबालिकालाई सो खोप लगाइएको हो। यो लक्ष्यको तुलनामा ८६ दशमलव ७ प्रतिशत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए।

'चैत १५ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तय भएकोमा कोरोना भाइरसका कारण उक्त अभियान स्थगन गरिएको थियो,' उनले भने, 'त्यसैले यो अभियान गाउँपालिकाभरि जेठ १ देखि ४ गतेसम्म र बाँकी छुटफुटलाई ५ गते पनि खोप लगाएका छौं।' गाउँपालिकामा रहेको छ स्वास्थ्य संस्थाबाट सामाजिक दूरी कायम गरेर १२ स्वास्थ्यकर्मीद्वारा दादुरा–रुबेलाको खोप लगाइएको बताइएको छ।

६ स्वास्थ्य संस्थामध्ये हसुलिया स्वास्थ्यचौकीमा ८५ प्रतिशत, पवेरा स्वास्थ्य चौकीमा शतप्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९८ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ८४ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७७ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ९० प्रतिशत बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको स्वास्थ्य महाशाखा प्रमुख सापकोटाको भनाइ छ।

यसैगरी जन्मेदेखि पाँच वर्षसम्मका चार हजार ७३३ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिइएकामा तीन हजार ९२० बालबालिकालाई पोलियो थोपा खुवाइएको छ। यो लक्ष्यको तुलनामा ८३ प्रतिशत रहेको छ। हसुलिया स्वास्थ्यचौकीमा ८१ प्रतिशत, पवेरा स्वास्थ्यचौकीमा ८९.९ प्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९७ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ७८ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७४ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ८७ प्रतिशतलाई पोलियो थोपा खुवाइएको जनाइएको छ।

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्