Kathmandu Press

शान्ति सेनामा गएका एक नेपालीको मृत्यु, शव ल्याउन श्री एयरको जहाज चार्टर्ड

काठमाडौं, जेठ ८ : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ।

ने....

नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन सो एयरलाइन्सको जहाज आज ट्युनिसियातर्फ गएको नेपाली सेनाले जनाएको छ। 

एयरलाइन्सको ट्युनिसिया उडान एकतर्फी करिब १३ घण्टाको हुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान उडेको सो जहाज ओमानको मस्कट, इजिप्टको कायरो हुँदै साँझ ट्युनिसियाको राजधानी ट्युनसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ। भोलिपल्ट शुक्रबार उताबाट फर्कंदा मस्कट, कायरो र दुबई हुँदै काठमाडौं अवतरण गर्नेछ।

श्रीले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो। त्यस्तै कम्पनीको जहाजले गत वैशाख १२ गते सिंगापुरबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्