Kathmandu Press

पठाओका सञ्चालक बस्न्यात काठमाडौं–१ मा चुनाव लड्ने, उद्यमशीलता र सुशासन मुख्य एजेन्डा

उनका मुख्य एजेन्डामा उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन, जवाफदेहिता र पारदर्शिता, तथा अनुभव र नयाँ सोचलाई जोड्ने पहल रहेका छन्। युवाले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।
पठाओका सञ्चालक बस्न्यात काठमाडौं–१ मा चुनाव लड्ने, उद्यमशीलता र सुशासन मुख्य एजेन्डा

काठमाडौं, पुस २८ : उद्यमी असिममान सिंह बस्न्यातले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं–१ मा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले कुन पार्टीबाट चुनाव लड्ने वा स्वतन्त्र उमेदवारका रुपमा भन्ने कुरा नखुलाएतापनि रास्वपाबाट उम्मेद्वार बन्ने सम्भावना वढी देखिएको छ । 

उनले आइतबार सार्वजनिक वक्तव्य जारी गर्दै लामो सोच–विचारपछि आफूले यो निर्णय लिएको बताएका छन्। उद्यमीका रूपमा नेपालमै बसेर केही बनाउने प्रयास, रोजगारी सिर्जनाको यात्रा, असफलता, दबाब र जिम्मेवारी नजिकबाट अनुभूति गरेको अनुभवले नै आफूलाई यो निर्णयमा पुर्‍याएको बस्न्यातको भनाइ छ। उनले व्यवस्था सहज नहुँदा क्षमता हुँदाहुँदै पनि भविष्य अनिश्चित बन्ने यथार्थले राजनीतिमा जिम्मेवारी लिन प्रेरित गरेको उल्लेख गरेका छन्।

“म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ,” भन्दै बस्न्यातले आफ्नो उम्मेदवारीको उद्देश्य स्पष्ट पारेका छन्।

Hardik ivf

उनका मुख्य एजेन्डामा उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन, जवाफदेहिता र पारदर्शिता, तथा अनुभव र नयाँ सोचलाई जोड्ने पहल रहेका छन्। युवाले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।

त्यस्तै, काम गर्नेले जवाफ दिनुपर्ने र निर्णय गर्नेले जिम्मेवारी लिनुपर्ने संस्कार स्थापित गर्नु नै सुशासनको आधार भएको उनको धारणा छ। अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्यलाई मजबुत बनाउने पहलमार्फत दिगो परिवर्तन सम्भव हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।

बस्न्यातले यो यात्रा एक्लै सम्भव नहुने उल्लेख गर्दै आम नागरिकको साथ, सुझाव, आलोचना र सक्रिय सहभागिताको आवश्यकता औंल्याएका छन्। “तपाईंहरूसँगै एक–एक पाइला अघि सार्दै परिवर्तनको लडाईं लड्नु छ,” उनले भनेका छन्।

नेपालमै सम्भावना छ भन्ने विश्वासलाई व्यवहारमा उतार्न सबैलाई यो यात्रामा सहभागी हुन उनले आह्वान गरेका छन्।

राइड सेयरिङ प्लेटफर्म ‘पठाओ’लाई नेपालमा भित्र्याउने मात्र नभई देशमै राइड सेयरिङको संस्कृतिको विकास गर्दै गिग इकनोमीमार्फत सामाजिक–आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बस्न्यातको भूमिका उल्लेखनीय मानिएको छ। पठाओ नेपाल नेपालमा भित्रिएको दिनदेखि हालसम्म उनको नेतृत्वमा सञ्चालन हुँदै आएको छ।

तालिमप्राप्त तथा भेरिफाइड राइडर प्रणाली, दस लाख रुपैयाँसम्मको बीमा सुविधा, चौबीसै घण्टा सञ्चालनमा रहने कल सेन्टरलगायतका विशेषताका कारण उनको नेतृत्वमा पठाओ नेपाल नेपाली बजारमा राइड सेयरिङ सेवाको पर्यायका रूपमा स्थापित हुन सफल भएको छ।

प्रकाशित मिति: ०८:३९ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्