Kathmandu Press

विशेष महाधिवेशन उद्घाटन सभापतिबाट नहुँदा खुसी लागेको छैन : महामन्त्री थापा 

‘उद्घाटन हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं। हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं,’ थापाले भने।
विशेष महाधिवेशन उद्घाटन सभापतिबाट नहुँदा खुसी लागेको छैन : महामन्त्री थापा 

काठमाडौं, पुस २७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको उद्घाटन पार्टी सभापतिबाट नहुँदा खुसी नलागेको बताएका छन्।

महामन्त्री थापाले काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उक्त भनाई राखेका हुन्। 

‘उद्घाटन हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं। हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं,’ थापाले भने। उनले बाहिर भनिए जस्तो कांग्रेसमा भित्र झगडा नभएको बरु त्यो विचारको संघर्ष रहेको पनि बताए।

‘कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा भइरहेकोजस्तो पनि लागेको होला। तर कुरा त्यो होइन। यो संघर्ष नै हो । तर शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो,’ महामन्त्री थापाले भने। 

प्रकाशित मिति: १९:०९ बजे, आइतबार, पुस २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्