Kathmandu Press

सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले विगतमा पटक–पटक समयसीमा उल्लंघन गर्दा पुल १४ वर्षसम्म अधुरो रहँदै आएको थियो । पुल निर्माण समयमै सम्पन्न नहुँदा सिरहा र धनुषाका स्थानीय बासिन्दा जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य थिए।
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

जनकपुर, पुस २७ : सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित हाल बाँकी संरचनात्मक र फिनिसिङसम्बन्धी काम भइरहेको छ।

लुम्बिनी बिल्र्डसका साईट इन्चार्ज सुदिप थापाका अनुसार देनिक ४० देखि ५० जना कामदारहरुको टोलीले पुल मर्मत र संरचना निर्माणको कार्य गरिरहेको छ। 

Hardik ivf

पप्पु लुम्बिनी जेभीले पुल निर्माण गर्ने ठेक्का पाएपनि पप्पु कन्सट्रक्सनलाई सरकारले कालो सूचिमा राखेकोले अब लुम्बिनी बिल्डर्सले एक्लै बाँकी निर्माण कार्य र ममर्तका कार्यहरु गरिरहेको साईट इन्चार्ज थापाले बताए।

उनले ४० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी रहेको ६० प्रतिशत काम पनि निर्धारित समय भित्रै सम्पन्न हुनेमा कुनै शंका नरहेको बताए । उनले असार मसान्तमा उक्त पुलबाट आवतजावत सुरु हुने दाबी गरे।

हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले विगतमा पटक–पटक समयसीमा उल्लंघन गर्दा पुल १४ वर्षसम्म अधुरो रहँदै आएको थियो । पुल निर्माण समयमै सम्पन्न नहुँदा सिरहा र धनुषाका स्थानीय बासिन्दा जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य थिए।

राजमार्ग हुँदै घुमेर जाँदा करीब ६० किलोमिटर बढी घुमेर जानु पर्ने बाध्ता पुल निर्माण भएपछि हट्ने सिरहाका स्थानीय श्याम सुन्दर सिंहले बताए। उनले स्थानीयवासीलाई अब आवतजावत गर्दा डेढ घण्टा कम यात्रा गर्नुपर्ने उनको भनाई छ। पछिल्लो समय सरकार र सडक विभागको दबाबपछि पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको हो।

सरकारका उच्च अधिकारी तथा भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिले समेत पुलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा ढिलाइ हुन नदिन निर्देशन दिएका छन्। उनीहरूले कमला पुल क्षेत्रीय आवागमनका लागि मात्र नभई मधेश प्रदेशको आर्थिक र सामाजिक विकासका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

पुल सञ्चालनमा आएपछि सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लाबीचको आवागमन सहज हुने, व्यापार–व्यवसाय प्रवद्र्धन हुने तथा स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, पुस २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्