Kathmandu Press

गोरखाका एक बालकमा डेंगु संक्रमण

गोरखा, जेठ ८ : गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेंगु रोगको संक्रमण देखिएको छ। मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेंगुको संक्रमण ....

गोरखाका एक बालकमा डेंगु संक्रमण
प्रतिकात्मक तस्बिर

गोरखा, जेठ ८ : गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेंगु रोगको संक्रमण देखिएको छ। मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेंगुको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए। 

बालकलाई अत्यधिक ज्वरो आएपछि चैत ६ गते अस्पताल भर्ना गरिएकामा डेंगुको शंका लागेर परीक्षण गर्दा संक्रमणको पुष्टि भएको उनले बताए। संक्रमित बालकको सम्पर्कमा आएका अन्यमा भने डेंगुको लक्षण नदेखिएको उनको भनाइ छ। 

वैशाख ३१ गते बालकलाई डेंगु संक्रमणको पुष्टि भएको थियो। स्वास्थ्य कार्यालय गोरखाले थप व्यक्तिमा अहिलेसम्म संक्रमण नदेखिए पनि सचेतता अपाउन भने सबैलाई आग्रह गरेको छ। गोरखामा पछिल्लो समय डेंगुको संक्रमण देखिन थालेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, जेठ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्