Kathmandu Press

‘युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न कार्यदल र नीति बनाएर काम गर्न तयार छौं’

तत्कालिन विद्रोही र अहिले मूलधारमा आएको पार्टीले पनि विगतमा कुनै विस्फोटक पदार्थ राखेको स्थान याद भए जानकारी दिएर सरकारलाई सहयोग गर्न सक्ने पनि उनको भनाई छ।
‘युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न कार्यदल र नीति बनाएर काम गर्न तयार छौं’

काठमाडौं, पुस २५ : प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न सरकारले कार्यदल र नीति नै बनाएर फेरि एक दुई वर्षको लागि काम गर्न सक्ने बताएका छन्।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा शुक्रबार भएको बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलमा उनले आम जनतामा त्रासको वातावरण नबन्ने गरि नेपाल सरकारले विस्फोटक पदार्थ सम्बन्धमा कार्यदल र नीति नै बनाएर काम गर्नुपर्ने बताए।

Hardik ivf

तत्कालिन विद्रोही र अहिले मूलधारमा आएको पार्टीले पनि विगतमा कुनै विस्फोटक पदार्थ राखेको स्थान याद भए जानकारी दिएर सरकारलाई सहयोग गर्न सक्ने पनि उनको भनाई छ।

‘आम नागरिकले शंकास्पद सामान देखेर खबर गरेको खण्डमा हामीले त्यसमा काम गर्नेछौ । तत्कालिन विद्रोही पार्टी अहिले मूलधारमा आएको अवस्था छ,’ उनले भने, ‘अझै पनि उहाँहरुलाई केही जानकारीहरु छ विगतमा यो ठाँउमा राखेका छौ भन्ने खालको जानकारी छ भने अझै पनि सरकारलाई सहयोग गर्न सक्नुहुन्छ । डराउनुपर्ने अवस्था नभएपनि सरकारले यसको लागि कार्यदल र नीति नै बनाएर फेरि एक दुई वर्षको लागि काम गर्न सकिन्छ।’

उनले भएका बमहरु भन्दा पनि नयाँ बम बनाउने मानसिकता सबैभन्दा खतरनाक भएको भन्दै त्यस्तो मानसिकताको त्याग नहुदाँसम्म यसलाई रोक्न नसक्ने बताए। 

‘भएको बमलाई खतम गर्नेभन्दा अब बन्ने बम र त्यो बनाउने मानसिकता सबैभन्दा खतरनाक हो। त्यस्तो मानसिकता त्याग नहुँदासम्म यसलाई रोक्न सक्ने अवस्था हुँदैन। अहिले पनि साना साना आन्दोलनमा पनि बिस्फोट गराउने मानसिकता अहिलेको लागि खतरनाक बनेको छ,’ उनले भने।

निर्वाचन सुरक्षाको लागि नेपाल सरकारले एकीकृत सुरक्षा योजना पास गरेको भन्दै त्यही अनुसार चार वटै सुरक्षा निकाय परिचालित भएको पनि उनको भनाई छ।

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, पुस २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्