Kathmandu Press

स्वास्थ्य मन्त्रालयमा आधा कर्मचारीले नियमित काम गर्ने

काठमाडौं, जेठ ८ : कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि सतर्कता अपनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधा कर्मचारीबाटै नियमित काम चलाउने भएको छ। म....

स्वास्थ्य मन्त्रालयमा आधा कर्मचारीले नियमित काम गर्ने

काठमाडौं, जेठ ८ : कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि सतर्कता अपनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधा कर्मचारीबाटै नियमित काम चलाउने भएको छ। मन्त्रालयले उपसचिव तहभन्दा मुनिका कर्मचारीलाई एक दिनको ग्याव राखेर काममा आउने व्यवस्था गरेको हो।

एकै पटक सबै कर्मचारी हुँदा भिडभाड हुने र जोखिम बढ्ने भएकोले आधा टिमले एक दिन र आधाले अर्कोदिन काम गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत सोमबार इपिमिडियोलोजी तथा रोग नियण्त्रण महाशाखामा कार्यरत एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले सतर्कता अपनाएको हो।

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, जेठ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्