Kathmandu Press

वरिष्ठ संगीतकार बास्कोटालाई भेटेर प्रधानन्यायाधीशले गरे समवेदना प्रकट

राउतले विहीबार मातृ शोक परेका संगीतकार बासकोटालाई बालुवाटारस्थित निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन्। 
वरिष्ठ संगीतकार बास्कोटालाई भेटेर प्रधानन्यायाधीशले गरे समवेदना प्रकट

काठमाडौं, पुस २४ : प्रधानन्यायाधीश प्रकासमानसिंह राउतले मातृ शोकमा रहेका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई भेटेर समवेदना प्रकट गरेका छन्। 

राउतले विहीबार मातृ शोक परेका संगीतकार बासकोटालाई बालुवाटारस्थित निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन्। 

Hardik ivf

प्रधानन्यायाधीश राउतले बास्कोटाकी दिवंगत आमा मिटु बास्कोटाको चिर शान्तिको कामनासहित श्रद्धाञ्जली पनि व्यक्त गरे। 

संगीतकार बास्कोटाकी आमा मिटु बास्कोटाको उपचारका क्रममा गत आइतबार बिहान १०६ वर्षको उमेरमा निधन भएको थियो। 

WhatsApp-Image-2026-01-08-at-18.03.09_2509e224-1767876372.jpg
 
प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, पुस २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्