Kathmandu Press

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं, पुस २४ : साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले वृद्धि भई २६४०.५४ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ।

Hardik ivf

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सान्भी इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशत, एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ भने मूल्य घटेका स्टकहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम देखिएको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार २० करोड ६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसपछि बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूह सकारात्मक देखिएका छन्।

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, पुस २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्