Kathmandu Press

सिनामंगल गोंगबु रुटमा पाकेटमारको विगविगी, बागलुङका शर्माको पौने तीन लाख गायब 

सिनामंगलबाट गोंगबु जान मयुर यातायात चढेका शर्माको पाकेटमारी भएको हो। शर्मा पुस २३ गते गोंगबु मित्रपार्क पुग्ने बेला उनले पैसा बोकेको कालो रङको साइड ब्याक गायब भएको थियो। 
सिनामंगल गोंगबु रुटमा पाकेटमारको विगविगी, बागलुङका शर्माको पौने तीन लाख गायब 

काठमाडौं, पुस २४ : सिनामंगलबाट गोंगबु जान मयूर यातायात चढेका बागलुङका दीपेन्द्र शर्माको २ लाख ७५ हजार रुपैयाँ पाकेटमारी भएको छ।

सिनामंगलबाट गोंगबु जान मयुर यातायात चढेका शर्माको पाकेटमारी भएको हो। शर्मा पुस २३ गते गोंगबु मित्रपार्क पुग्ने बेला उनले पैसा बोकेको कालो रङको साइड ब्याक गायब भएको थियो। 

Hardik ivf

बाग्लुङ नगरपालिका–४ घर भइ काठमाडौं मित्रनगर डेरा गरी बस्ने ३७ वर्षीय दीपेन्द्र शर्माले आफ्नो २ लाख ७५ हजार रुपैयाँ पाकेटमारी भएपछि प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए। 

जाहेरी दिएलगत्तै प्रहरी टोली अनुसन्धानमा खटिएको थियो । टोलीले चार जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपालिका–७ का ४२ वर्षीय विकाश लामा, तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, पुस २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्