Kathmandu Press

अम्फन चक्रवातले भारत र बंगलदेशमा २८ को मृत्यु, नेपालमा पनि प्रभाव

काठमाडौं, जेठ ८ : अम्फन चक्रवातका कारण भारत र बंगलादेशमा २४ जनाको मृत्यु भएको छ। कयौं घाइते भएको जनाएको छ।

बंगालको खाडीबाट सुरु भएको अम्फन च....

अम्फन चक्रवातले भारत र बंगलदेशमा २८ को मृत्यु, नेपालमा पनि प्रभाव
एपी

काठमाडौं, जेठ ८ : अम्फन चक्रवातका कारण भारत र बंगलादेशमा २४ जनाको मृत्यु भएको छ। कयौं घाइते भएको जनाएको छ।

बंगालको खाडीबाट सुरु भएको अम्फन चक्रवात बंगलादेश प्रवेश गरेको छ। विस्तारै भारतको उडिसा र पश्चिम बंगालमा पनि प्रवेश गरेको जनाएको छ।

समाचार संस्था एसोसिएट प्रेसका अनुसार, भारतमा १४ र बंगलादेशमा १० जनाको मृत्यु भएको हो। भारतको पश्चिम बंगालमा १२ र उडिसामा दुई जनाको मृत्यु भएको छ।

त्यस्तै, बंगलादेशमा १० जनाले ज्यान गुमाएका छन्। त्यसमा पाँच वर्षीय बालक र ७५ वर्षीय बृद्ध पनि रहेका छन्।

आज बिहानदेखि एक सय ८५ किलोमिटर प्रतिघन्टाको दरले हुरीबतास चलिरहेको जनाएको छ। जसले रुख उखेल्नुका साथै घरका छत समेत उडाइरहेको छ। बंगलादेशमा भाँचिएको रुखले लागेर नै स्थानीय वासिन्दाको मृत्यु भएको हो।

भारतीय मेट्रिोलोजिकल डिपार्टमेन्टका अनुसार, अम्फन गत ६ घन्टामा २७ किलोमिटर उत्तरपूर्वमा पुगेको छ। जहाँ बंगलादेशसँगै भारतको कलकत्ता पुगेको छ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले कोरोनासँगै अम्फनले समस्या उत्पन्न गरेको जनाएकी छन्। गत रातिदेखि १० लाख मानिस विद्युत र फोन सेवाबाट बञ्चित भएका छन्। तैपनि प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जनाएकी छन्।

कलकत्ता विमानस्थल।

भारत र बंगलादेशमा थुप्रै क्षति पुर्याएको छ। कलकत्ता विमानस्थलको ह्यान्गर उडाएको छ। रुख उखेलिदा सकड अवरुद्ध भएका छन्।

यसको प्रभाव अझै केही दिन रहनेछ। अम्फनको नेपालमा प्रत्यक्ष प्रभाव भने नपर्ने जनाएको छ। तर, यसका कारण दुई दिन देशभर वर्षा र हिमाली क्षेत्रमा हिममपात हुने अनुमान गरिएको छ।

बंगालको खाडीमा उत्पन्न भएको यो एक दशकयताको शक्तिशाली चक्रवात हो। एम्फन थाइ शब्द हो। यसको अर्थ आकाश हुन्छ।

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्