Kathmandu Press

एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका उत्कृष्ट, हिमाल सुनारीलाई पिपल्स च्वाइस

पोखरामा आज भएको २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका उत्कृष्ट बनेका हुन्। दुवै पल्सर बाइक प्राप्त गरे। 
एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका उत्कृष्ट, हिमाल सुनारीलाई पिपल्स च्वाइस

काठमाडौं, पुस २३ : क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङले उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।

पोखरामा आज भएको २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका उत्कृष्ट बनेका हुन्। दुवै पल्सर बाइक प्राप्त गरे। 

Hardik ivf

करातेकी कीर्तिमानी खेलाडी एरिकाले लागतार दोस्रो पटक यो अवार्ड जितेकी हुन्। लगातार दोस्रो पटक अवार्ड जित्ने उनी पहिलो खेलाडी हुन्।

यता, सबैभन्दा चिर्चित विधाका रुपमा रहेको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरे। उनले चार खेलाडीलाई भोटिङमा पछाडि पार्दै अवार्ड जितेका हुन्। उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।

यो विधानमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली मनोनयनमा थिए। रेखा भोटिङमा दोस्रो स्थानमा रहिन् ।

यस्तै, नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरिन् भने एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेट र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते। 

त्यस्तै तेक्वान्दोमा ९ डान प्राप्त गर्ने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित गरिँदा पहिलोपटक भएको खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गरियो।

कार्यक्रमको अन्त्यमा सरप्राइजका रूपमा घोषणा गरिएको विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ पलेशा गोवर्धनले प्राप्त गरिन् भने पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो ।

प्रकाशित मिति: २१:०९ बजे, बुधबार, पुस २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्