राष्ट्रिय सभा निर्वाचनमा सहमति नजुटेपछि मधेशमा जसपाका भिन्नै उम्मेदवार
नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गरिएको भनिएको भए पनि सहमति नजुटेपछि छुट्टै उम्मेदवारी परेको हो। जसपाले मधेस प्रदेशबाट राष्ट्रिय सभामा चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई उठाएको छ।
जनकपुरधाम, पुस २३ : जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनको लागि ३ जनालाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गरिएको भनिएको भए पनि सहमति नजुटेपछि छुट्टै उम्मेदवारी परेको हो। जसपाले मधेस प्रदेशबाट राष्ट्रिय सभामा चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई उठाएको छ।
मधेस प्रदेशमा राष्ट्रिय सभाका लागि ४ वटा सिट छन्। एक सिटमा जसपासँगै एकता गर्ने घोषणा गरेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई उठाइएको छ । उपेन्द्र यादव अध्यक्ष रहेको जसपाबाट सहमति नभएको बताउँदै ३ जनाको भिन्नै उम्मेदवारी परेको हो।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनाव हुँदै छ । राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले ९ सिट र एमालेले ८ सिट लिएर तालमेल गरेका छन्।
प्रकाशित मिति: १७:४४ बजे, बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










