Kathmandu Press

नेप्से परिसूचक दाेहाेराे अंकले घट्यो

अघिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्से परिसूचक बुधबार १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ। 
नेप्से परिसूचक दाेहाेराे अंकले घट्यो

काठमाडौं, पुस २३ : बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्से परिसूचक बुधबार १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ। 

 सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले ओरालो लागेको छ।

Hardik ivf

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमार्फत ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ।

नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ। यद्यपि, अन्य बढेका स्टकहरूको मूल्य वृद्धि दर साढे ३ प्रतिशतभन्दा कममा सीमित रह्यो।
घट्ने स्टकतर्फ, कारोबारमा आएको एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ। 

त्यसैगरी, जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २६ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ  वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य रूपमा बढेको हो। 

यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

प्रकाशित मिति: १७:३८ बजे, बुधबार, पुस २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्