Kathmandu Press

विश्वकपको ग्लोबल छनोटअघि नेपाली टिमले अमेरिका, स्कटल्यान्ड र जिम्बाबेसँग सिरिज खेल्ने

क्यानले मंगलबार तीन देशसँग खेल्ने तयारी सिरिजको तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालले मुपालनी क्रिकेट मैदानमा अमेरिका, स्टकल्यान्ड र ओमानसँग तयारी सिरिज खेल्नेछ।
विश्वकपको ग्लोबल छनोटअघि नेपाली टिमले अमेरिका, स्कटल्यान्ड र जिम्बाबेसँग सिरिज खेल्ने

काठमाडौं, पुस २२ : नेपाली महिला क्रिकेट टिमले घरमै आयोजना हुने टि–२० महिला विश्वकपको ग्लोबल छनोटको तयारीको सिरिज खेल्ने भएको छन्। 

क्यानले मंगलबार तीन देशसँग खेल्ने तयारी सिरिजको तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालले मुपालनी क्रिकेट मैदानमा अमेरिका, स्टकल्यान्ड र ओमानसँग तयारी सिरिज खेल्नेछ।

Hardik ivf

माथिल्लो मुलपानीमा नेपालले भोलि अमेरिकासँग पहिलो खेल खेल्नेछ। यस्तै, नेपालले शुक्रबार स्कटल्यान्ड र  आइतबार जिम्बावेसँग प्रतिस्पर्धा खेल्ने तालिका छ। 

ग्लोबल छनोट भने पुस २८ देखि सुरु हुनेछ। त्यसका लागि मुख्य प्रशिक्षक हर्षल पाठककले इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिसकेका छन्।  हुने विश्वकपमा छनोटका लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ।

ग्लोबल छनोटमा नेपालसहित १० टिम सहभागी छन्। सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ। जसमा थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाव्वेसँगै नेपाल समूहमा बीमा छ। यस्तै समूह एमा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका छन्।

दुवै समूहका शीर्ष टिम सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्सबाट चार टिमले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन्। 

नेपालले माघ ४ गते थाइल्याण्डसँग खेल्दै प्रतियोतिगाको सुरुआत गर्नेछ। 

प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्