Kathmandu Press

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठनका विषयमा छलफल हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं, पुस २२ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ 

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।

Hardik ivf

बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठनका विषयमा छलफल हुनेछ।

साथै, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनका विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए।

प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्