Kathmandu Press

झापामा कोरोना संक्रमितको संख्या २७ पुग्यो

झापा, जेठ ८ : झापामा कोराना भाइरसको संक्रमण देखिएका व्यक्तिको संख्या २७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति....

झापामा कोरोना संक्रमितको संख्या २७ पुग्यो

झापा, जेठ ८ : झापामा कोराना भाइरसको संक्रमण देखिएका व्यक्तिको संख्या २७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ मा १५ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ। योसँगै कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या २५ पुगेको छ।

भारतका विभिन्न स्थानबाट मंगलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा बसेका ६५ जनाको स्वाब संकलन मंगलबार नै कोशी अस्पताल विराटनगर पठाइएको थियो। त्यसमध्येबाट पाँच जनाको बुधबार नै कोराना पुष्टि भएको थियो भने थप १५ जनाको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

यसअघि सो पालिकामै भारतको मुम्बइबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो। पालिकामा संक्रमित भेटिएसँगै जेठ ११ गतेसम्म गाउँ सिल गरिएको छ। यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ। उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: ११:५० बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्