Kathmandu Press

नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन : क्यान अध्यक्ष चन्द

 ‘२०२४ मा क्यारिबियन र युएसएमा भएको पछिल्लो विश्वकपमा नेपालको प्रदर्शनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको छ,’ उनले भने।
नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन : क्यान अध्यक्ष चन्द

काठमाडौं, पुस २२ : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अब पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

सोमबार आयोजित जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको उल्लेख गरेका हुन्।

Hardik ivf

अध्यक्ष चन्दले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपबाट नेपाली क्रिकेटको यात्रा उल्लेख गर्दै त्यसबेला नेपालले उत्कृष्ट प्रदर्शनसहित छनोट भएको बताए । उनका अनुसार त्यतिबेला विश्वकपमा १६ टिम सहभागी थिए र अहिले २० टिम छन्।

 ‘२०२४ मा क्यारिबियन र युएसएमा भएको पछिल्लो विश्वकपमा नेपालको प्रदर्शनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको छ,’ उनले भने।

उनले जित–हार खेलको सामान्य प्रक्रिया भएको उल्लेख गर्दै बंगलादेश र दक्षिण अफ्रिकाजस्ता बलिया टिमविरुद्ध नेपालको प्रदर्शनले विश्व क्रिकेटमा नेपाली क्रिकेटको दस्तक दिएको बताए। ‘त्यो प्रदर्शनपछि नेपाली क्रिकेट अझ माथि जान्छ भन्ने विश्वास बलियो भएको छ,’ अध्यक्ष चन्दले भने ।

अध्यक्ष चन्दले अब नेपाली क्रिकेटलाई आम नेपाली, राजनीतिक दल र सरकारले समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

‘नेपाली जनताको अपेक्षा अनुसारको प्रदर्शन भएको छ, अब यसलाई संस्थागत रूपमा अगाडि बढाउन सबैको सहयोग जरुरी छ,’ उनले जोड थियो। 

उक्त कार्यक्रमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीलाई शुभकामना समेत दिए ।

प्रकाशित मिति: १०:४५ बजे, मंगलबार, पुस २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्