निजामती कर्मचारीको संस्था कामाद अध्यक्षमा सहन्यायाधिवक्ता निरौला
निरौला नेतृत्वको कार्यसमितिमा उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिव एकनाथ बास्तोला, संगठन विभाग प्रमुख दिव्यराज पोख्रेल, सचिव देवनारायण पौडेल र निराजन पाण्डे र कोषाध्यक्षमा राजेन्द्र राज ओझा चयन भएका छन्।
काठमाडौं, पुस २१ : प्रशासन, व्यवस्थापन र विकास केन्द्र (कामाद)को अध्यक्षमा सह–न्यायाधिवक्ता कोषहरी निरौला निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न संस्थाको २३ औ साधारण सभाले निरौलालाई अध्यक्षमा चयन गरेको हो।
निरौला नेतृत्वको कार्यसमितिमा उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिव एकनाथ बास्तोला, संगठन विभाग प्रमुख दिव्यराज पोख्रेल, सचिव देवनारायण पौडेल र निराजन पाण्डे र कोषाध्यक्षमा राजेन्द्र राज ओझा चयन भएका छन्।
यस्तै, सदस्यहरूमा क्रमसः दिवस आचार्य, बिन्दु धामी रावल, नवराज जैसी, तेजकुमार केसी, छविलाल पौडेल, अनिल खनाल, सुबोध कुमार शाह, निर्माण कुमार कार्की, मोहन बहादुर थापा मगर र बैकुण्ठ उपाध्याय चयन भएका छन्।
२०५४ सालमा स्थापित कामादमा उच्च पदस्थ निजामती कर्मचारीहरू रहेका छन् । यसले सार्वजनिक प्रशासनको क्षेत्रमा प्राज्ञिक कार्यहरू गर्नुका साथै सेवामा रहेका अधिकृतहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
यसले प्रकाशित गर्दे आएको ‘कामाद जर्नल’ सार्वजनिक प्रसासनको क्षेत्रमा उत्कृष्ट रोजाईमा पर्ने गरेको छ । यसअघि संस्थाको अध्यक्षमा डिल्ली सिवाकोटी रहेका थिए।