Kathmandu Press

रौतहटमा विद्युतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पिपरियाबाट अजगैबियतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ७६६ नम्बरको विद्युतीय गाडीले ’अनटेस्ट’ प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२ इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो।
रौतहटमा विद्युतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट, पुस २१ : रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चोक नजिकै सोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

पिपरियाबाट अजगैबियतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ७६६ नम्बरको विद्युतीय गाडीले ’अनटेस्ट’ प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२ इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान पौने ९ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा बिहान सवा १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ।

प्रहरीले दुर्घटनामा संलग्न गाडी चालक राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कोप्वापिपरिया र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक रुद्रराज कंडेलको नेतृत्वमा टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: १६:५० बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्