Kathmandu Press

देशभर ९१ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं, जेठ ८ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात रहेको छ।

उद्योग, वाणिज....

देशभर ९१ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं, जेठ ८ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार, कम्पनीसँग १६ हजार ५०४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन चामल मौज्दात छ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ८४३ मेट्रिक टन चामल, ६६४ क्विन्टल फापर, ५२४ क्विन्टल सिमी, ५५७ मेट्रिक टन  गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको छ। त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ८२५ मेट्रिक टन नून मौज्दात छ ।  

साल्ट ट्रेडिङसँग दुई हजार २६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २०७ गरी ६५ हजार ४७४  चिनी मौज्दात  रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट्रिक टन मौज्दात छ भने ८३ हजार ९६७ मेट्रिक टन खाने तेल आयात प्रक्रियामा रहेको जनाइएको छ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार नौ सय ३२ किलोलिटर डिजेल आयात भएकामा एक हजार ६५१ किलोलिटर बिक्री भएको र ३३ हजार १७४ किलोलिटर मौज्दात रहेको छ।

लकडाउनका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएपछि नेपाल आयल निगमले भण्डारणबाट निश्चित मात्रामा तेल घटेकाले इन्डियन आयल कर्पोरेसनलाई अनुरोध गरेर पाइपलाइन सञ्चालन गर्दै आएको छ। लकडाउनअघि दैनिक सञ्चालन भएको पाइलपाइन हाल आवश्यकतानुसार सञ्चालन गरिँदै आएको छ।

यसैगरी निगमसँग ६ हजार ५५० किलोलिटर पेट्रोल, दुई हजार १४२ किलोलिटर मट्टीतेल, सात हजार ३४ किलोलिटर हवाइ इन्धन गरी ४८ हजार नौ सय किलोलिटर पेट्रोलियम पदार्थको मौज्दात छ। त्यस्तै विभिन्न एलपी ग्यास उद्योगसँग ११ मेट्रिक टन ग्यास मौज्दात रहेको जनाइएको छ। (रासस)

प्रकाशित मिति: १०:११ बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्