Kathmandu Press

कार्यपालिका र न्यायापालिकाको सेटिङमा सिके राउत छुटेः भट्टराई

गाेरखा, फागुन २५ : नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले सरकारले अदालतलाई प्रभावमा पारेर सिके राउतलाई रिहा गराएकोआरोप लगाएका छन् । 

....
कार्यपालिका र न्यायापालिकाको सेटिङमा सिके राउत छुटेः भट्टराई

गाेरखा, फागुन २५ : नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले सरकारले अदालतलाई प्रभावमा पारेर सिके राउतलाई रिहा गराएकोआरोप लगाएका छन् । 

उनले नेत्रविक्रम चन्द, रेशम चौधरी र सिके राउतको विषयमा सरकारको अभिव्यक्ति  तर्कसंगत नरहेको बताउदै अदालतलाई प्रभाव पार्ने कामले नकरात्मक नजिर बसाउने पनि बताए । 
शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले भने, ‘कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित थारु विद्रोह गर्ने ११ जनालाई आजिवन कैदको सजाय दिइयो,’ उनले भने, ‘सिके राउतलाई पनि थुनामा राखेर कारबाही गर्ने भनिएकै थियो, तर थुनामा छँदैमा प्रधानमन्त्रीले भेटेर सहमति गरी अदालतबाट छुटाउने प्रक्रिया मिलाइएको छ, कार्यपालिका र न्यायापालिकाको सेटिङमा छुटाउनु कुन विधि र प्रक्रिया भित्र पर्छ ?’

विखण्डनको माग गरेका राउतलाई छुटाउन सर्वोच्च अदालत प्रभावित पार्ने सरकारले थारु स्वायत्त प्रदेशको माग गर्ने चौधरीलाई कठोर ब्यवहार गर्नु नहुने पनि बताए । 

सिके राउतको सामान्य राजनीतिक परिवर्तन र अधिकारको माग नभएको भन्दै भट्टराईले दोस्रो बुँदामा दोहोरो अर्थ लाग्ने सहमति भएको भन्दै विरोध गरे । ‘राउतले पनि जनमतसंग्रह नै भनेर अभिव्यक्ति दिएका छन्, यो गम्भीर ढंगको प्रश्न उठेको छ’, उनले भने ।

प्रकाशित मिति: १७:४७ बजे, शनिबार, फागुन २५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्