Kathmandu Press

२५ सय बढ्याे सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।
२५ सय बढ्याे सुनकाे मूल्य
Hardik ivf

काठमाडौं, पुस २१ : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:५६ बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्