प्रदेश २ सरकारले बनाएको क्वारेन्टिन नै सिल
जनकपुरधाम, जेठ ८ : प्रदेश २ सरकारले बनाएको क्षेत्रीय क्वारेन्टिन नै सिल गरिएको छ।
जनकपुरनजिक नगराइन नगरपालिका५ गंगुलीमा बनाएको प्रादेशिक क्व....

जनकपुरधाम, जेठ ८ : प्रदेश २ सरकारले बनाएको क्षेत्रीय क्वारेन्टिन नै सिल गरिएको छ।
जनकपुरनजिक नगराइन नगरपालिका५ गंगुलीमा बनाएको प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल गरिएको हो। यस क्वारेन्टिनमा रहेका पाँच जनामा संक्रमण देखिपछि सिल गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलप्रदेश २ सरले बताए।
पटकपटक गरि यो क्वारेन्टिनमा रहेका पाँच जनामा कोरोना संक्रमण देखिएको छ। त्यसैले १४ दिनका लागि सिल गरिएको पोखरेलको भनाइ छ।
प्रदेश २ सरकारले सञ्चालन गरेको क्वारेन्टिनको नेपाली सेनाले रेखदेख गर्दै आइरहेको छ। यहाँ सुरुआतमा प्रदेशका विभिन्न जिल्लाका कोरोनाको सम्भावित जोखिम भएका व्यक्तिलाई राखिदै आएको थियो।
अहिले क्वारेन्टिमा ८१ जना रहेका छन्। उनीहरु धनुषा, महोत्तरी र भारतीय नागरिक रहेको क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले बताए।
अब क्वारेन्टिनमा रहेका सबैको स्वाब सङ्कलन गरिनेछ। उनीहरुको पिसिआर विधिबाट परीक्षण गरेपछि खाली गरिनेछ। क्वारेन्टिनलाई स्यानिटाइज गरेर मात्रै पुनः सञ्चालन गरिने भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले नगराइन नगरपालिकालाई अर्को क्वारेन्टिन सञ्चालन गर्न पत्राचारसमेत गरेको छ। त्यतिञ्जेलसम्म नगरपालिकाले अर्को क्वारेन्टिनको व्यवस्थापन गर्ने भएको छ।











