Kathmandu Press

वरिष्ठ संगीतकार बास्कोटालाई मातृ शोक

आइतबार बिहान उपचारका लागि बास्कोटालाई अस्पताल लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पताल लगिएको थियो। 
वरिष्ठ संगीतकार बास्कोटालाई मातृ शोक

काठमाडौं, पुस २० : वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृ शोक परेको छ। 

बास्कोटाकी आमा मिटु बास्कोटाको उपचारका क्रममा आज निधन भएको छ। १०६ वर्षको उमेरमा निधन भएको हो। 

Hardik ivf

आइतबार बिहान उपचारका लागि बास्कोटालाई अस्पताल लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पताल लगिएको थियो। 

संगीतकार बास्कोटाले आमाको निधनप्रति सामाजिक सञ्जालमा शोक व्यक्त गर्दै लेखेका छन्, ‘मेरी आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो।’

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, पुस २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्