Kathmandu Press

संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्वारा भेनेजुएलामा अमेरिकी आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी सैन्य हस्तक्षेपले दूरगामी क्षेत्रीय परिणामसहित खतरनाक उदाहरण स्थापित गरेको चेतावनी दिएका छन्।
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्वारा भेनेजुएलामा अमेरिकी आक्रमणको निन्दा

काठमाडौं, पुस २० : संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र क्यारिबियन समुदायले भेनेजुएलामा अमेरिकी सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको पक्राउ गरेको घटनाको संयुक्त रूपमा कडा निन्दा गरेका छन्।

यी निकायहरूले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा ठहराएका हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी सैन्य हस्तक्षेपले दूरगामी क्षेत्रीय परिणामसहित खतरनाक उदाहरण स्थापित गरेको चेतावनी दिएका छन्।

उनले अन्तर्राष्ट्रिय कानून, युएन चार्टर, मानव अधिकार र कानूनको शासनको पूर्ण सम्मानको आवश्यकतामा जोड दिँदै सबै पक्षलाई समावेशी संवादमा संलग्न हुन आग्रह गरेका छन्।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इयुले घटनाक्रम नजिकबाट निगरानी गरिरहेको र भेनेजुएलामा शान्तिपूर्ण, लोकतान्त्रिक समाधानमा समर्थन जारी रहेको पुष्टि गरेकी छिन्।

युरोपेली संसदले अमेरिकी हस्तक्षेपलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन र क्षेत्रलाई अस्थिर पार्ने कार्य ठहराउँदै कडा आलोचना गरेको छ। सुरक्षा तथा रक्षा समितिकी अध्यक्ष मारी–एग्नेस स्ट्र्याक–जिमरम्यानले अमेरिका पश्चिमको विश्वसनीयतालाई क्षति पु¥याइरहेको र यूरोपलाई एकीकृत विदेश तथा सुरक्षा नीतिलाई बलियो बनाउन आह्वान गरेकी छिन्।

यसैबीच, क्यारिबियन समुदायले आपतकालीन बैठक बोलाउँदै घटनाको विकास र छिमेकी देशहरूमा यसको सम्भावित प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। यस क्षेत्रीय निकायले विकासक्रम नजिकबाट निगरानी गर्न र क्यारिबियन क्षेत्रलाई सूचित राख्ने जनाएको छ।

प्रकाशित मिति: ११:२५ बजे, आइतबार, पुस २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्