Kathmandu Press

भेनेजुएलमा अमेरिकी आक्रमण

सरकारी स्रोतको हवाला दिदैं राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण भएको जनाएको उनीहरुले उल्लेख गरेका छन्।
भेनेजुएलमा अमेरिकी आक्रमण

काठमाडौं, पुस १९ : अमेरिकाले भेनेजुएलमा आक्रमण गरेको छ। विभिन्न सञ्चारमाध्यमहरुले अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरेको दाबी गरेका छन् । 

सरकारी स्रोतको हवाला दिदैं राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण भएको जनाएको उनीहरुले उल्लेख गरेका छन्।

Hardik ivf

यसअघि भेनेजुएलाको राजधानी काराकासमा धेरैपटक बिस्फोटको आवाज सुनिएको बताएको छ। त्यस्तै, आकाशमा धुँवाको मुस्लो देखिएको पनि उल्लेख छ। 

राजधानी शहरका धेरै स्थानमा विद्युत कटौती भएको छ।

भेनेजुएलाले शनिबार बिहानै विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ। राजधानी काराकाससहित मिरान्डा, अरागुवा र ला गुयरामा सर्वसाधारण तथा सैन्य अखडालाई निशाना बनाएर आक्रमण गरिएको भेनेजुएलाको आरोप छ।

अमेरिकाको आक्रमणपछि संकटकाल घोषणा भएको छ । राष्ट्रपति निकोलास मदुरोले संकटकाल घोषणा गरेका हुन्।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरेका छन्

। मध्यराति गरिएको भयाक आक्रमणका दौरान उनीहरुलाई नियन्त्रणमा लिइएको ट्रम्पले बताएका हुन् । मदुरोलाई देशबाहिर लगिएको पनि ट्रम्पले आफ्नो स्वामित्वको सामाजिक सञ्जाल ट्रुथमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: १७:१७ बजे, शनिबार, पुस १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्