Kathmandu Press

अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल नेपाल घोषणा

बै भुगोल, जनजाति, समूह, दलित, मुस्लिम, नेवा, खस आर्यसबै अटाउने पार्टी आफ्नो भएको दाबीसमेत गरे। 
अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल नेपाल घोषणा

काठमाडाैं, पुस १८ : मुस्लिम आयोगका पूर्व अध्यक्ष समिम मिया अन्सारीले पुराना पार्टीबाट मुलुक बन्न नसक्ने ठोकुवा गरेका छन्। 

काठमाडौंमा राष्ट्र निर्माण दल नेपाल पार्टीको घोषणा गर्दे उनले मुलुक निर्माणकालागि नयाँ दल आवश्यक देखिएकाले युवाहरुसहितको नयाँ दल घोषणा गरेको जानकारी दिए। सबै भुगोल, जनजाति, समूह, दलित, मुस्लिम, नेवा, खस आर्यसबै अटाउने पार्टी आफ्नो भएको दाबीसमेत गरे। 

Hardik ivf

अहिले देशमा भ्रष्टाचार बढ्दै गएको, सरकारले सुशासन कायम गर्न नसकेको र युवालाई रोजगारी दिन नसकेको भन्दै आफ्नो पार्टीले सुशासन केन्द्रीत अभियान सञ्चालन गर्ने दाबीसमेत गरे । उनले आफ्नो पार्टी सबैको सम्मान, सबैको पहिचान, राष्ट्रिय स्वाधिनता राष्ट्र निर्माणमा लाग्ने दाबी गरे। जनताको हित सर्वोपरि भएको भन्दै उन्ले देश निर्माण प्रमुख उद्धेश्य रहेकोमा पनि  जोड दिए। 

0497f2a7-ebae-47df-b49a-6b8b13eda442-1767368216.jpeg
 

उनले आफ्नो पार्टी बिचारबाट चल्ने भन्दै बिचार मिल्नेसंग सहकार्य गर्न सकीने पनि प्रष्ट पारे। मुस्लिम समूदाय राज्यबाट तिरस्कृत भएको भन्दै आफुले मुस्लिम समूदायलाई समेटेर अगाडी बढ्ने बताए। 

घोषणा सभामा पूर्व सांसद जाकिर हुसेनले पार्टी निर्माणमा सहकार्य र संगठन बिस्तारमा तत्काल लाग्ने बताए । घोषणा कार्यक्रमा डाक्टर, समाजेवी, बुद्धिजीवि र प्रतिष्ठित व्यक्तिहरुको बाहुल्यता थियो। पार्टीको चुनाव चिन्ह पानीको बोतल रहेको पनि उनले जानकारी दिए।
 

प्रकाशित मिति: २१:२२ बजे, शुक्रबार, पुस १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्