Kathmandu Press

कार्यसम्पादन समिति बैठक : महाधिवेशन वैशाखमा गर्ने काबा सभापति खड्काको प्रस्ताव 

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्न प्रस्ताव गरेका छन्। 
कार्यसम्पादन समिति बैठक : महाधिवेशन वैशाखमा गर्ने काबा सभापति खड्काको प्रस्ताव 

काठमाडौं, पुस १८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय पार्टी कार्यालय सानेपामा सुरु भएको छ। 

बैठकका लागि कांग्रेसका शीर्ष नेताहरु पार्टी कार्यालय सानेपामा जुटेका छन्। कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्माले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि यतिबेला पार्टीभित्र विवाद उत्पन्न भएको छ। 

बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफलमा जुटेका थिए। बैठकमा कांग्रेस महाधिवेशन केन्द्रित छलफल हुँदैछ। 

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्न प्रस्ताव गरेका छन्। 

यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले पुस २६ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएपछि बैठकमा खड्काले संशोधन प्रस्ताव पेश गरेका हुन ्। 

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, पुस १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्