Kathmandu Press

निर्वाचन आयोगलाई सर्वोच्चले भन्यो– समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्नू 

माधवप्रसाद चम्लागाई समेतले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गराउन आदेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। 
निर्वाचन आयोगलाई सर्वोच्चले भन्यो– समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्नू 

काठमाडौं, पुस १८ : सर्वोच्च अदालतले समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले आयोगका नाममा आदेश जारी गरेको हो। माधवप्रसाद चम्लागाई समेतले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गराउन आदेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। 

Hardik ivf

सर्वोच्चले राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्द सूचीमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितता हुने गरी सूची पेश गरे नगरेको छानबिन गर्न समेत आदेशमा भनेको छ। 

अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चितता भएको नदेखिएमा त्यस्तो दललाई उम्मेदवारको बन्द सूची सच्याई अपांगता भएका व्यक्तिहरूको नाम समेत समावेश गराउन सर्वोच्चले भनेको छ। 

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, पुस १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्