Kathmandu Press

सामाजिक सुरक्षा भत्ता रोक्नेप्रति काँग्रेस असन्तुष्ट, निर्णय सच्याउन माग

काठमाडौं, जेठ ८ : नेपाली काँग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नो ध्य....

सामाजिक सुरक्षा भत्ता रोक्नेप्रति काँग्रेस असन्तुष्ट, निर्णय सच्याउन माग

काठमाडौं, जेठ ८ : नेपाली काँग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले  बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै संविधानले नै अशक्त, अपाङ्गता तथा एकल महिला सामाजिक सुरक्षाबाट वञ्चित हुन नमिल्ने व्यवस्था गरेकाले तत्काल उक्त निर्णय सच्याउन  सरकारको ध्यानाकर्षण गराएका हुन् । 

कोरोना महामारीबाट प्रताडित भएको अवस्थामा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय गतिविधि भएको काँग्रेसले जनाएको छ । काँग्रेसले सरकारले गरेको सो निर्णयलाई तत्काल सच्याउन मागसमेत गरेको छ । 

प्रकाशित मिति: ०७:३१ बजे, बिहीबार, जेठ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्