Kathmandu Press

कांग्रेस नफुट्ने महामन्त्री विश्वप्रकासको दाबी 

‘कसैले आशंका नगरे हुन्छ । म सबैलाई ढुक्क बनाउन चाहन्छु– पार्टी एक ढिक्का रहन्छ,’ शर्माले भने। 
कांग्रेस नफुट्ने महामन्त्री विश्वप्रकासको दाबी 

काठमाडौं, पुस १८ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने बताएका छन् । पार्टी विभाजन नहुने कुरामा विश्वस्त हुन पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे। 

शुक्रबार कांग्रेस कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यालय सानेपा पुगेका शर्माले पत्रकारहरूसँग कुरा गर्दै उक्त दाबी गेका हुन्।

विधानको व्यवस्थाअनुसार कार्यक्रम गरेर अघि बढ्दा कांग्रेस झन् एक ढिक्का रहने उनको भनाई थियो। ‘कसैले आशंका नगरे हुन्छ । म सबैलाई ढुक्क बनाउन चाहन्छु– पार्टी एक ढिक्का रहन्छ,’ शर्माले भने। 

महाधिवेशन गरेर नयाँ नीति नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्नेमा त्यस्तो नगरिएका कारण विशेष महाधिवेशनको तयारी गरिएको पनि शर्माले बताए। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार विशेष महाधिवेशन गर्नुपरेको उनको भनाई छ। 

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, पुस १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्