Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

भण्डारीले करिव डेढ घण्टा सर्वोच्च अदालतको अवलोकनमा विताएकी थिइन् । त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र सर्वोच्चका न्यायाधीशहरूसँग कुराकानी गरेकी थिइन्। 
पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

काठमाडौं, पुस १७ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन्। 

भण्डारीले करिव डेढ घण्टा सर्वोच्च अदालतको अवलोकनमा विताएकी थिइन् । त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र सर्वोच्चका न्यायाधीशहरूसँग कुराकानी गरेकी थिइन्। 

Hardik ivf

भण्डारी र प्रधानन्यायाधीश राउतबीच करिव आधा घण्टाजति छुट्टै कुराकानी समेत भएको थियो। मुख्य रजिस्ट्रार बिमल पौडेलले पूर्वराष्ट्रपति भण्डारीलाई सर्वोच्च अदालतको अवलोकन गराएका थिए। मुख्य रजिष्ट्रार पौडेलले जेनजी आन्दोलनमा भएको क्षतिका विषयमा भण्डारीलाई जानकारी गराएका थिए। 

जलेको सर्वोच्च अदालतको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले दुःख लागेको बताइन्। साथै, भण्डारीले सर्वोच्च अदालतको तत्काल पुनर्निर्माण गर्नुपर्ने पनि बताइन्। यसअघि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार र संसद् भवनको पनि अवलोकन गरेकी थिइन् ।

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, पुस १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्