केन्द्रीय सदस्यसँग महामन्त्रीद्वयले भने– विशेष महाधिवेशन पार्टी विभाजनका लागि होइन
पार्टी एकता कायम कसरी राख्ने भन्ने बिषयमा पनि प्रश्न सोधेका थिए। भेटपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभएको बताएको ति केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
काठमाडौं, पुस १८ : नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भेटेका छन्।
ति केन्द्रीय सदस्यहरुले यसअघि पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए। उनीहरुले नियमित महाधिवेशनका लागि पुस १६ गते अधिवेशन हुन सकेन भनेर किन सूचना जारी नगरिएको भनेर प्रश्न गरेका छन्।
पार्टी एकता कायम कसरी राख्ने भन्ने बिषयमा पनि प्रश्न सोधेका थिए। भेटपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभएको बताएको ति केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
सभापति देउवासँग भएको भेटमा चुनावको मुखमा विशेष महाधिवेशन गर्न उपयुक्त नहुने भनेर बताएका थिए । विशेष महाधिवेशन नहुने हो भने तत्काल के गर्दा उपयुक्त हुन्छ भनेर निकास दिनपर्ने माग पनि उनीहरुले गरेका थिए।
प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










