Kathmandu Press

सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल

‘स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित वडा–वडामा सहकारी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिरहेका छौं। कतिपय स्थानमा ठाउँको अभावका कारण भाडामा लिएर समेत सेवा दिइरहेका छौं, र त्यसको प्रभाव सकारात्मक देखिएको छ,’ उनले भनिन्।
सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल

काठमाडौं, पुस १८ : काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत रहेको बताएकी छन्।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर–८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स–रे मेसिनको उद्घाटन गर्दै उपप्रमुख डंगोलले सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु महानगरको प्राथमिकता रहेको उल्लेख गरिन्।

Hardik ivf

‘स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित वडा–वडामा सहकारी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिरहेका छौं। कतिपय स्थानमा ठाउँको अभावका कारण भाडामा लिएर समेत सेवा दिइरहेका छौं, र त्यसको प्रभाव सकारात्मक देखिएको छ,’ उनले भनिन्।

रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रको लामो इतिहास रहेको र यस क्षेत्रमा जनघनत्व तथा सेवाग्राहीको चाप अत्यधिक रहेको उल्लेख गर्दै उनले ती सेवाग्राहीलाई प्रभावकारी सेवा दिन आवश्यक सबै संरचना क्रमशः थप्दै लगिएको बताइन्।

‘रामघाट प्राथमिक सेवा केन्द्र जहाँ धेरै लामो इतिहास भएको पहिलेदेखिनै निरन्तर स्वास्थ्य सेवा दिइरहेको र त्यहाँ हुने चाप पनि एकदमै बढी र यो क्षेत्रमा जनघनत्व पनि एकमदै धेरै सेवाग्राहीहरु हुनुहुन्छ। ती सेवाग्राहीहरुलाई पनि प्रभावकारी ढङगबाट सेवा दिने पनि निरन्तररुपमा प्रयास गरिरहेका छौं,’ उनले भनिन्।

स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आवश्यक सबै सेवा विस्तार गर्ने क्रममा एक्स–रे सेवा सुरु गरिएको उल्लेख गर्दै उनले यसबाट धेरै सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरिन्।

साथै, यस कदमले काठमाडौं महानगरपालिकाको सार्वजनिक स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा समेत व्यक्त गरिन्।

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, पुस १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्