Kathmandu Press

विपद् सम्बन्धी कानूनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती हो : गृहमन्त्री

भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै सुरु हुनेभन्दै मन्त्री अर्यालले सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास हरुलाई प्राथमिकता दिन निर्देशन दिए।
विपद् सम्बन्धी कानूनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती हो : गृहमन्त्री

काठमाडौं, पुस १८ : गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानूनी र संरचनागत व्यवस्थापनले मात्रै प्रयाप्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताएका छन्।

Hardik ivf

राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एक दिनको सचेतना फैलाएर सकिने कार्यक्रमका रूपमा सीमित गर्नु नहुने उनले बताए। ‘यसलाई हामीले विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने, भूकम्प सुरक्षित निर्माण, सुरक्षित बसोबास र सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने, दीर्घकालीन जनचेतना अभियानको रूपमा रूपान्तरण गर्दै लाग्नु पर्छ,’ उनले भने।

उनका अनुसार सरकारले पछिल्ला वर्षहरूमा भूकम्प तथा बहुविपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण नीतिगत तथा संरचनात्मक पहलहरू गरेको छ। भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै सुरु हुनेभन्दै मन्त्री अर्यालले सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास हरुलाई प्राथमिकता दिन निर्देशन दिए।

भूकम्प र अन्य विपदबाट बच्न भवन संहिता कार्यान्वयनको सन्देश कडा रूपमा प्रवाह गर्न जरुरी रहेको र यसका कुनै खाले सम्झौता नगर्न पनि मन्त्री अर्यालेले निर्देशन दिए।

भूकम्प सुरक्षा केवल सरकारको मात्र दायित्व नभएको बताउँदै यसका लागि निजी क्षेत्र, विकास साझेदार, सञ्चार माध्यम, नागरिक स्वयंको भूमिका पनि अहम् हुन्छ र सबैको साझा प्रयास बिना सुरक्षित नेपाल सम्भव नभएको मन्त्री अर्यालले बताए।

‘हाम्रा पूर्वतयारी तथा जोखिम न्यूनीकरणको प्रयत्नबाट हाम्रो जोखिमलाई धेरै कम गर्न सकिने भएकाले सुरक्षित, सक्षम र विपद् उत्थानशील नेपाल निर्माणतर्फको साझा संकल्पको खाँचो छ,’ उनले भने।


बैठकले यस वर्षको भूकम्प सुरक्षा दिवसको मूल नारा ‘सबै तहको सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अवको जिम्मेवारी’ भन्ने तय गर्दै पारित गरिएको छ।

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, पुस १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्