कार्यसम्पादन समितिको बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा
संस्थापन समूहका नेताहरु अहिले ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा जुट्दैछन् । संस्थापन पक्षले कार्यसम्पादन समितिको बैठक अघि संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका नेताहरूवीच छलफल गर्न थालेको हो।
काठमाडौं, पुस १७ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको बाटोमा अघि बढेपछि शुक्रबार दिउँसो ३ बजेका लागि आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक डाकिएको छ।
त्यसअघि संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरु रणनीति तय गर्न छलफलमा जुटेका छन्।
संस्थापन समूहका नेताहरु अहिले ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा जुट्दैछन् । संस्थापन पक्षले कार्यसम्पादन समितिको बैठक अघि संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका नेताहरूवीच छलफल गर्न थालेको हो।
विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय थापा र शर्मा पनि आफु निकट नेताहरूसँग सघन छलफलमा जुटेका छन् । संस्थापन समूहको बैठक अघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, प्रवक्ता डा.प्रकाशशरण महत लगायतसँग छलफलको तयारी छ।
प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार