Kathmandu Press

देउवाले भने– पार्टी विभाजन नहोस् भन्ने पक्षमा छु 

उनीहरुले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्ने भएका छन। भेटमा सभापति देउवाले पार्टी विभाजन नहोस् भन्ने पक्षमा आफू रहेको बताएका थिए। 
देउवाले भने– पार्टी विभाजन नहोस् भन्ने पक्षमा छु 

काठमाडौं, पुस १७ : निर्वाचनअगावै महाधिवेशन गर्न दबाब दिएका संस्थापन पक्षीय २८ केन्द्रीय सदस्यहरूको समूहले नेपाली सभापति शेरबहादुर देउवालाई भेटेर विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ। 

२८ केन्द्रीय सदस्यको समूह सभापति देउवासँग छलफल गर्न शुक्रबार बिहान महाराजगञ्जस्थित निवास पुगेको थियो। 

पार्टीमा उत्पन्न विवाद समाधानबारे सभापति देउवासँग छलफल गरेको सहभागि केन्द्रीय सदस्यहरुले बताएका छन्। उनीहरुले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्ने भएका छन। भेटमा सभापति देउवाले पार्टी विभाजन नहोस् भन्ने पक्षमा आफू रहेको बताएका थिए। 

भेटमा सभापति देउवालाई आफूहरूले पार्टीलाई विभाजनमा जान नदिनका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको सहभागि नेताहरुले बताएका छन्। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै नियमित अधिवेशन स्थगन गरेका थिए। थापा र शर्मा पक्षले विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा ‘हल बुक’ समेत गरेका छन्। 

यता, नेपाली कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।


 

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, पुस १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्