कतारमा १३ नेपालीले पाए आममाफी

काठमाडौं, पुस १८ : राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा कतारको जेलमा रहेका १३ नेपालीले आममाफी पाएका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको त्यसको जानकारी दिएको छ। आममाफी पाउनेको नाम भने उल्लेख छैन।
मन्त्रालयले नेपालीलाई आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ।
‘उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ। यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिन्छ,’ विज्ञप्तिमा भनएिको छ।
कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन्।
प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










