पिकनिक जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

गुल्मी, पुस १८ : गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकलमा सवार मालिका ६ का बसन्त अर्याल र उनकी भाउजू क मनकला अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुलाई उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार मनकला अर्यालका नाति करिब ५–६ वर्षीय अनुभव गिरी र बसमा सवार मालिका–६ राम्चे निवासी ४१ वर्षीया शिक्षिका लिलावती अर्याल सामान्य घाइते भएका छन्।
विपरित दिशाबाट आएको सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थी बोकेको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। विद्यार्थीहरु पिकनिक जाँदै थिए।
प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










