Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ। बैठकमा पार्टीको १५औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
फाइल तस्बिर।
Hardik ivf

काठमाडौं, पुस १८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ। बैठकमा पार्टीको १५औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, पुस १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्