Kathmandu Press

मृगस्थलीमा ‘आमाको महिमा’को छायांकन

चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो। गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ।
मृगस्थलीमा ‘आमाको महिमा’को छायांकन

काठमाडौं, पुस १७ : नेपाली चलचित्र झिंगेदाउ–२ को एउटा गीतको छायांकन पशुपति मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ।

चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो। गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झिंगेदाउ २’ को छायांकन मंसिर १५ गतेदेखि सुरू भएको थियो।

Hardik ivf

काभ्रेको पनौतीदेखि सुरु भएको छायांकन हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भइरहेको छ । चलचित्रको छांयाकन काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहूँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका स्थानमा हुने निर्माण पक्षले जनाएको छ।

 

photo-8_f28c183b-1767276300.jpg

चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाललगायतको अभिनय रहनेछ। कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायांकन बिष्णु घिमिरे ‘कल्पित’ले गरिरहेका छन्।

चलचित्र निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् भने निर्देशक देउजाले नै कथा लेखेका हुन् । पटकथा भने परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्।

photo-4_f43bfab4-1767276302.jpg

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, पुस १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्