Kathmandu Press

राष्ट्रिय पोशाकलाई मान्यता दिनकासाथै उत्सव र दिवस मनाउनुपर्छ भन्ने पक्षमा छु : मन्त्री खरेल

मन्त्री खरेलले देशको पहिचान देशभित्र र विश्वसामु जोगाउनुपर्ने भन्दै त्यसको लागि हातेमालो गर्न नेपाल सरकार, आफू र आफ्नो मन्त्रालय सधैँ तयार रहेको बताए।
राष्ट्रिय पोशाकलाई मान्यता दिनकासाथै उत्सव र दिवस मनाउनुपर्छ भन्ने पक्षमा छु : मन्त्री खरेल

काठमाडौं, पुस १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने विषयमा आफू सँधै साथमा रहने बताएका छन्।

बिहीबार १३ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनमा सरकारमा भएपनि नभएपनि राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने, उत्सव र दिवसको रुपमा मनाउने कुरामा सँधै साथमा रहने बताए।

Hardik ivf

‘यो दिवसलाई सरकारी मान्यता पाएको भए हुन्थ्यो, दिवसकै रुपमा मनाउन पाएहुन्थ्यो अथवा सरकारी कामकाज अथवा विभिन्न औपचारिक ठाँउमा अनिवार्य गर्न पाएहुन्थ्यो भन्नुभयो तर अलिकति ढिला भन्नुभयो । तर ढिला भयो भन्दैमा सकिएको होइन,’ उनले भने, ‘यसलाई आगामी दिनमा राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने, उत्सव र दिवसको रुपमा मनाउने कुरामा तपाईहरुको साथमा जगदीश खरेल रहन्छ।’

मन्त्री खरेलले देशको पहिचान देशभित्र र विश्वसामु जोगाउनुपर्ने भन्दै त्यसको लागि हातेमालो गर्न नेपाल सरकार, आफू र आफ्नो मन्त्रालय सधैँ तयार रहेको बताए।

‘हाम्रो पहिचान जोगाउनुपर्छ, देशभित्र पनि जोगाउ र विश्वसामु पनि हाम्रो पहिचान जोगाउ त्यसको लागि हातेमालो गर्न नेपाल सरकार सधैँ तयार छ, मेरो मन्त्रालय तयार छ र म आफै पनि तयार छु,’ उनले भने।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा भएको कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरुलाई अभिनन्दन गर्न पाउँदा खुशी लागेको संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजानन्द माण्डव्यले बताए। संसारभरिका नेपालीहरुलाई पोशाक र संस्कृति मार्फत एकत्व गराउने अभियानले सार्थकता प्राप्त गरेको उनले बताए।

प्रकाशित मिति: १९:४७ बजे, बिहीबार, पुस १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्