Kathmandu Press

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले मुद्दा दायर गरेका प्रतिबादीमा कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङसहित लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्स, पर्वत र उक्त फर्मका प्रोपाइटर लालबहादुर मल्ल रहेका छन्। 
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, पुस १७ : पर्वतको कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङसहित चारजना र एक कंपनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित सजायको माग राखेर मुद्दा दायर भएको हो।

Hardik ivf

अख्तियारले मुद्दा दायर गरेका प्रतिबादीमा कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङसहित लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्स, पर्वत र उक्त फर्मका प्रोपाइटर लालबहादुर मल्ल रहेका छन्। 

कुस्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनमा भ्रष्टाचार भएको दाबी अख्तियारको छ। 

प्रतिबादीमध्ये तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङसँग एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ, तत्कालीन लेखा अधिकृत शर्मासँग १७ लाख दुई हजार ३४१ रुपैयाँ, तत्कालीन इन्जिनियर शाक्यसँग ९६ लाख ४१ हजार ८७४ रुपैयाँ र मल्ल कन्स्ट्रक्सनका प्रोपाइटरसँग एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जेल सजाय गर्न समेत अख्तियारको माग छ। 

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, पुस १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्