Kathmandu Press

कोराना भाइरसबाट अमेरिकामा ९४ हजार बढीको मृत्यु

काठमाडौं, जेठ ८ : कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जना....

कोराना भाइरसबाट अमेरिकामा ९४ हजार बढीको मृत्यु

काठमाडौं, जेठ ८ : कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ ।

योसँगै कुल मृतक संख्या ९४ हजार ९१८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ६६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ९१ हजार २५२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ७० हजार ५७ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख २६ हजार २७७ जनामध्ये १७ हजार ८१० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: ०६:५४ बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्