Kathmandu Press

जेनजी आन्दोलनपछिको तीन महिना मेरो लागि तीन दशक बराबर : रक्षा बम

देशमा शान्ति, समृद्धि र सुखी नेपालीको चाहना सबैको साझा आकांक्षा भएको बताइन्। देश भ्रष्टाचारमुक्त हुनुपर्ने, भ्रष्टाचार निषेध हुनुपर्ने र सुशासन स्थापित हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले यो चाहना देशका सबै सरोकारवालाको भएको उल्लेख गरिन्।
जेनजी आन्दोलनपछिको तीन महिना मेरो लागि तीन दशक बराबर : रक्षा बम

काठमाडौं, पुस १६ : नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पछिल्ला तीन महिना आफ्नो जीवनका लागि तीन दशक बराबरको अनुभव जस्तै भएको बताएकी छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै संयोजक बमले जेनजी आन्दोलनपछि जानी–नजानी आफूहरू राजनीतिक परिवेशमा प्रवेश गर्नुपरेको उल्लेख गरिन्।

Hardik ivf

उनले विभिन्न राजनीतिक घटनाक्रममा आफ्नो सहभागिता देखिएको भन्दै ती अनुभवबाट धेरै कुरा सिक्न पाएको अनुभूति व्यक्त गरिन्।

‘मलाई यो तीन महिना तीन दशक जस्तो महशुस भएको छ  जानी नजानी आन्दोलनले गर्दाखेरी हामी एउटा राजनीतिक परिवेशमा आउनु परेको छ। राजनीतिक धेरै घटनाक्रममा हाम्रो सहभागिता रहेको देखिएको छ,’ उनले भनिन्, ‘त्यसैले यो तीन महिना मेरो लागि तीन दशक हो। सिक्नुपर्ने कुराहरु सिके जस्तो मलाई महशुस हुन्छ  जिन्दगी भनेको साझा धरातलहरु खोज्ने र त्यसैलाई सन्तुलन गर्दै जाने रहेछ।’

देशमा शान्ति, समृद्धि र सुखी नेपालीको चाहना सबैको साझा आकांक्षा भएको बताइन्। देश भ्रष्टाचारमुक्त हुनुपर्ने, भ्रष्टाचार निषेध हुनुपर्ने र सुशासन स्थापित हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले यो चाहना देशका सबै सरोकारवालाको भएको उल्लेख गरिन्।

तर यति हुँदाहुँदै पनि देशमा भ्रष्टाचार र कुशासन व्याप्त रहेको भन्दै उनले यसको कारणबारे गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताइन्।

‘देशमा शान्ति, समृद्धि, सुखी नेपालीको चाहना सबैको साझा आकांक्षा हो। देश भ्रष्टाचार मुक्त हुनुपर्छ, भ्रष्टाचार निषेध हुनुपर्छ र सुशासन आउनुपर्छ भन्ने चाहना हो। देशका हरेक साझेदारहरुको चाहना यही हो,’ उनले भनिन्, ‘यो हुँदै गर्दा पनि देशमा भ्रष्टाचार व्याप्त छ, कुशासन किन छ भन्ने मुख्य प्रश्न हो। देशमा किन भ्रष्टाचार छ त यो आफैंलाई प्रश्न गर्नुपर्ने छ।’

प्रकाशित मिति: १८:३८ बजे, बुधबार, पुस १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्