Kathmandu Press

चुनावको वातावरण बने पनि लगानीको वातावरण अझै बनेको छैन : ढकाल

निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि रहेको बताउँदै सरकारको अग्रसरता र मेहनत प्रसंशनीय रहेको ढकालको भनाई थियो। 
चुनावको वातावरण बने पनि लगानीको वातावरण अझै बनेको छैन : ढकाल

काठमाडौं, पुस १६ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकमा चुनावको वातावरण बने पनि लगानीको वातावरण अझै बनिनसकेको बताएका छन्। 

अध्यक्ष ढकालले निजी क्षेत्रको संरक्षण सुनिश्चित नगरी समृद्धि हासिल गर्न नसकिने बताए। बुधबार उद्दोग वाणिज्य महासंघले आयोजना गरेको सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै ढकालले उक्त भनाई राखेका हुन्। 

निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि रहेको बताउँदै सरकारको अग्रसरता र मेहनत प्रसंशनीय रहेको ढकालको भनाई थियो। 

समृद्धिको मूल आधार मानिने निजी क्षेत्रको संरक्षणको विषय ओझेलमा परेको बताउँदै ढकालले भने, ‘समृद्धिका लागि निजी क्षेत्रको संरक्षण अनिवार्य छ, तर निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने ग्यारेन्टी अझै भएको छैन। निजी क्षेत्र ढुक्क भएर लगानी गर्ने वातावरण बनेको छैन।’ 

साथै, ढकालले सम्पत्तिको सुरक्षा र लगानीबीच प्रत्यक्ष सम्बन्ध रहेको भन्दै सम्पत्तिको सुरक्षा नभएसम्म लगानीको वातावरण महसुस नहुने र लगानीविना रोजगारी नहुने समेत बताए। 

प्रकाशित मिति: १७:२३ बजे, बुधबार, पुस १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्