भारतबाट आएका थिए नवलपरासी पश्चिमका कोरोना संक्रमित पुरुष
काठमाडौं, जेठ ७ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा कोरोनाको संक्रमण पुष्टि भएका पुरुष भारतबाट आएको खुलेको छ।
उनी गत  ....

काठमाडौं, जेठ ७ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा कोरोनाको संक्रमण पुष्टि भएका पुरुष भारतबाट आएको खुलेको छ।
उनी गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
भारतबाट सुस्ता हुँदै नारायणी नदीबाट डुङ्गा तरेर ती युवक गाउँ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए। उनी सुस्ताको बेल्वानी क्वारेन्टिनमा बसेका छन्। उनीसँगै आएको डुंगामा दुई सुरक्षाकर्मीसहित सात जना आएको खुलेको छ।
स्वास्थ्यकर्मीको टोलीले उनको ट्रेसिङ्ग गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए।
प्रकाशित मिति: १८:३७ बजे, बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











