Kathmandu Press

अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, जेठ ७ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ। निगमको वाइडबडी ए&nd....

अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, जेठ ७ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ। निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो। 

नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको वाइडबडी जहाज चार्टर्ड गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। उनका अनुसार जेठ २३ गते क्यानबेरामा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गर्ने निश्चित भएको छ। नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक र छुट्टीमा आएका पीआर होल्डर नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर गरी लैजान लागेको हो।

यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो। त्यस्तै लकडाउनको अवधिमा निगमको वाइडबडी जहाजले पहिलोपटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडन गरेको थियो।

निगमले यसअघि चीनको बेइजिङ, चाङ्सा र ग्वान्जाओमा कार्गो चार्टर्ड उडान गरिसकेको छ। 

यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, जेठ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्